Tuesday, February 28, 2012

खसको नालिबेली


अन्नपूर्ण पोष्ट आइतबारे परिशिष्टांक, १४ फागुन २०६८

ऐतिहासिक क्रममा ककेसस क्षेत्रबाट दक्षिण-पूर्वहुँदै कैयौं शताब्दीको अन्तरालमा यस हिमवत् खण्ड तथा नेपालमा आइबसेका आदि ककेसियनहरु नै खस जाति भएको देखिन्छ।

उनीहरु यस हिमवत् खण्डमा स्थापित भइसक्दा दक्षिणतर्फको मैदानी क्षेत्र वा गंगा ब्रहमपुत्रको मैदानमा सिन्धु उपत्यकाको सभ्यता विकसित भइसकेको थिएन। सिन्धु नदीले बनाएको सिन्धु उपत्यकाको वरपर स्थापित सभ्यता कांस्य युग -ईशापूर्व ३३०० देखि १३००० मानिन्छ। यो सभ्यताको उन्नत अवधि हरप्पाको युग हो। हालको उत्तर पूर्वी पाकिस्तानको पञ्जावमा हरप्पाको सभ्यता देखिएको हो। त्यहाँ आर्य जातिको बसोबास देखिनु पहिले नै खसहरु नेपाललगायत हिमवत् क्षेत्रमा देखा परिसकेका थिए। यसबाट खस आदिवासी हुन् भन्ने तथ्यमा कुनै शंका गर्ने ठाउँ रहँदैन।

आर्यलाई कतिपय इतिहासकारले हिन्दुस्तानमा आक्रमण गर्न आएको जातिको समूह मान्दछन्। उनीहरु १५०० देखि १००० ईशापूर्वमा भारततर्फ प्रवेश गरेको मानिन्छ। तर खसका बारेमा यस प्रकारको तर्क गरिएको छैन। यसको कारण के हो भने उनीहरुभन्दा केही सहस्राब्दी अघि नै जंगली एवं घुमन्ते जातिका रुपमा खसहरु नेपाल पुगिसकेका थिए। भारत आउँदा रथ वा घोडा चढेर आएजस्तो नेपाल आउने सम्भावना पनि छैन।

खसहरु अधिकांश पहडैपहाडको बाटोबाट अगाडि बढेको देखिन्छ। त्यस्तै उनीहरुको बसाइँसराइ ठूलो संख्यामा भएको पनि देखिँदैन। हिमवत् खण्ड वा नेपालवाहेकका गंगा ब्र≈मपुत्रको मैदान वा सिन्धु उपत्यकामा खसको स्पष्ट कुनै उपस्थिति देखिँदैन। यसको अपवादका रुपमा कुशिनाराका मल्ललाई लिन सकिन्छ। उनीहरु खस जातिका भनिएको छ। तर समान्यतः हिमवत् खण्डका खसको तलका मैदानी फाँटका आर्य तथा त्यहाँको सभ्यतासँग संगत हुन लागेको केही शताब्दीमात्र भएको देखिन्छ। यसलाई पुष्टि गर्ने वैदिक तथा पौराणिक आधारहरुको कमी छैन।

वास्तवमा पश्चिम एशियादेखि पश्चिम नेपालसम्मको खस नामसँग मिल्दाजुल्दा भौगोलिक नामका आधारमा खस जातिको पूर्वतर्फको प्रयाण मार्ग अकाटय रुपमा पहिल्याउन सजिलो भएको छ। काबुलदेखि काश्मीर, लद्दाख, हिमाञ्चल प्रदेश, कुमाउँ, गढवाल, नेपाल र नेपालपूर्वका विशाल भूभागहरुमा खस जातिको अस्तित्व प्राग्वैदिक हो भन्ने निष्कर्षका लागि अब विशेष अनुसन्धानको आवश्यकता छैन। पश्चिम चीनको सिन्जियाङ प्रान्त तथा भोट एवं नेपालमा खसहरु एकैआपसमा देखिनुले पनि उनीहरुको ऐतिहासिकता प्राचीनतम लाग्दछ। अत्यधिक चिसो बढेका कारण खसहरुलगायत पश्चिम गेटका मोन्पाहरु लाखापाखा लागेको बताइन्छ। तथापि अहिले पनि उनीहरुको बसोबाससम्बन्धी ऐतिहासिक प्रमाणहरु उपलब्ध छन्।

खस जातिको जातीयता वा पहिचानको कुरा गर्दा यस उपमहाद्धीपका अन्य आर्यसँग पनि जोड्ने गरिन्छ। तथापि हिमवत् खण्डका खस जातिको अन्यत्र जातीय सम्बन्ध छैन। जातीय सम्बन्ध नहुँदा भाषा, धर्म, संस्कृति, समाज वा थातथलो कुनै पनि दृष्टिले खसको दक्षिण एसियाका अन्य जातिसँग सम्बन्ध रहेन। आज पनि खस सम्बन्धमा यही कुरा लागू हुन्छ। कतिले मुसलमानहरुको आक्रमण छल्न भारतबाट खस नेपाल पसेका हुन् भन्ने आसयका व्याख्याहरु पनि गरेका छन्। दक्षिण एसियाली उपमहाद्धीपमा मुसलमानहरुको ठूलो विजयगाथा छ।

सास्कृतिक रुपमा पनि मुसलमान आक्रमणको सिद्धान्त एउटा कुतर्कमात्र हो। मुगल साम्राज्यको विजय गाथामा पनि मुगलले कसैलाइ खेदेर नेपाल पुर्‍याएको लेखिएको छैन। तर नेपालबाहेक अन्य क्षेत्रमा लखेटेर पुर्‍याएको भने लिखित रुपमा भेट्न सकिन्छ। मुगल साम्राज्यको डरले भागेर शरणार्थी भइआएका आम आप्रवासीलाई नेपाल पहाडमा शरण दिएको पनि कुनै ऐतिहासिक स्रोतमा उल्लेखित छैन।

यो कुरा साँचो भएको भए एघारौं शताब्दीमा यस क्षेत्रको इतिहास लेख्ने पहिलो मुस्लिम इतिहासकार अल्बेरुनीले यस सम्बन्धमा अवश्य नै लेख्ने थिए होलान्। वास्तवमा महमुद अफ हाजनीले उत्तरपूर्वी भारतमा आक्रमण गर्दा उनी साथै थिए। मुगल वंशका संस्थापक बाबरलगायत शासकले आप\mनो महिमा लेखाउँदा यति ठूलो उपलब्धिलाई लुकाउनुपर्ने कारण थिएन। त्यसै पनि भारतमा मुसलमानहरु देखिनुभन्दा हजारौं वर्षअघि देखि नै नेपालमा खस रहेको स्पष्ट नै छ। यदि बा≈य क्षेत्रबाट त्यसरी बृहत् संख्यामा शरणार्थीहरु मुलुक छिरेका भए नेपालको इतिहासमा सो कुरा अवश्य नै उल्लेख हुने थियो।

सामान्यतः बा≈य मुलुकबाट आएका आप्रवासीले आप\mनो मूल थलोलाई आठ-दस सय वर्षमै बिर्सदैनन्। न स्थानीयहरुले नयाँ आप्रवासीलाई सहजै शरण दिन्छन्। विश्वभरको आप्रवासको इतिहासमा नयाँ र पुराना बासिन्दाबीच हुने झडप एकदमै सामान्य मानिन्छ। तर नेपालको इतिहासमा पुराना स्थानीय र शरणार्थी भई आएकाहरुबीच त्यस्तो झडप भएको पाइँदैन।

त्यस्तै मुस्लिम आक्रमणबाट नेपाल आएका पीडितले पनि आप\mनो कथा अवश्य नै लेख्ने थिए होलान्, भारतीयसँग पारिवारिक सम्बन्ध पनि हुनुपर्ने थियो। बिहेबारी आदि चलन रहेको हुनुपर्ने थियो। उनिहरुको भारतको मामाघर वा ससुरालीतर्फ आवत्जावत हुनुपर्ने थियो। तर भारतीयहरुसँग नेपाली खस समुदायको सो प्रकारको सम्बन्ध भएको देखिँदैन। जब यताका परम्परागत बाहुन र उताका ब्रा≈मणमा भान्सा नै चल्दैन भने यसको ऐतिहासिककरण हुन्छ नै। कुमाइ बाहुन क्षेत्रहरुको महाकाली पश्चिमका पहाडी जातिसँग बिहेवारी चल्दछ। तर उनीहरुमा पनि दक्षिणतर्फ बिहेवारीको प्रचलन छैन। सास्कृतिक दृष्टिले हेर्ने हो भने दशैं-तिहार मान्ने समुदायमा वर्षको एकपटक घर फर्किने चलन नहुनु सामान्य नेपाली समुदायमा सोच्न नसकिने कुरा हो। हिमवत् खण्डमा दर्जनौं उपल्लो स्तरका संकृत साहित्यिक ग्रन्थहरु लेखिएको पाइन्छ। तिनमा यति ठूलो राजनीतिक उथलपुथलबारे नलेखिनु सम्भव थिएन।

हिन्दु धर्मको प्रभाव दक्षिण एसियाबाहेकका बर्मा, थाइल्यान्ड, भियतनाम, मलेसिया, फिलिपिन्स इत्यादि क्षेत्रमा सन् २०० देखि ६०० सम्मा कायम भएको देखिए तापनि हिमवत् खण्डमा यसको प्रभाव केवल १५ औं शताब्दीपछि मात्र देखापरेको छ। खस शासक वर्गले बौद्ध धर्मबाट हिन्दु धर्म अपनाउँदै जाँदा सोहीअनुसार आम खसहरुमा यसको प्रभाव पर्नु सामान्य रुपमा बुझिने कुरा हो। यही प्रभाव स्वरुप शासकहरुले झैं आम खसहरुले पनि हिन्दु धर्म अँगाल्दै अघि बढे। यसका लागि मुलुकमा पूर्वाधार नभएका कारण ऐतिहासिक कालमा खस राजाहरुले संस्कृत पढेका तथा भारतीय परम्परामा हुर्केका पण्डितहरुलाई शास्त्र मर्मज्ञ मान्दै उनीहरुबाट शिक्षादीक्षा लिन रुचाएको देखिन्छ। धामी-झाँक्री र खाँडो जगाउने लोकरञ्जक पम्परामा हुर्किका खस बाहुनहरुले संस्कृत नपढेका हुनाले उनीहरुलाई शास्त्रीय कसीमा आफूलाई उभ्याउन गाह्रो हुन्थ्यो। तसर्थ धार्मिक ज्ञानका अभावमा उनीहरुसँग शास्त्रार्थ गर्ने क्षमता हुदैनथ्यो। यो परिस्थितिमा ठूला धार्मिक अनुष्ठान तथा कार्यक्रमहरुमा सल्लाह दिन भारततर्फ जाने पम्परासँगै कर्मकाण्डका पुस्तकहरु पनि नेपाल छिर्न थाले। जहाँ जहाँ कर्मकाण्डले प्रवेश पायो, त्यहाँका पुराना प्रचलनहरु विस्थापित हुँदै गए।

उपत्यकाका मल्ल राजाहरुले धेरै पहिल्यैदेखि भारतीय पण्डितलाई मठमन्दिरका पुजारी बनाएको देखिन्छ। योभन्दा धेरैअघिदेखि नै पशुपतिनाथलगायत कतिपय मन्दिरमा भारतबाट ल्याइएका भट्टद्धारा पूजाअर्चना गराउने प्रचलन सुरु भएको हो। यो प्रचलन आज पनि कायमै छ। शंकराचार्यले बनाएको नियमबमोजिम राजा यक्ष मल्ल -सन् १४२८-१४८२) ले दक्षिण भारतका ब्रा≈मण भट्टहरुमा यो जिम्मेवारी दिएको सिल्भाँ लेभीले आप\mनो सन् १९०५ को पुस्तकमा लेखेका छन्। भारतबाट ल्याइएका पण्डितहरुको परिचय आज पनि त्यही रुपमै कायम छ। तिनलाई खस पण्डित भनिँदैन। खसको समकक्षी पनि मानिँदैन।

(Sabhar: Nepal Ka Khas Jati)

No comments:

Post a Comment